जेन–जीले चलाउने सबै व्यवसाय स्टार्टअप : केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ता सहभागी भएर सञ्चालन सुरु गर्ने सबै व्यवसायलाई स्टार्टअप मानिने बताएका छन् ।

आइतबार नीति तथा कार्यक्रमबारे संसदमा भएको छलफलमा बोल्दै उनले जेन–जी पुस्ता सहभागी भएर सञ्चालन सुरु गर्ने सबै व्यवसायलाई स्टार्टअप मानिने बताएका हुन् । यो सँगै उनले स्टार्टअपको सम्बन्धमा छुट्टै व्याख्या गरेका छन् ।

नयाँ प्रविधि र नविनतम सोच सहितको व्यवसायलाई मात्रै स्टार्टअप भनिनेमा उनले स्टार्टअपलाई नयाँ व्याख्या गरेका हुन् ।

अघिल्लो वर्ष स्टार्टअपका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत स्वीकृत गरिएको ६६१ वटा कर्जामा धेरैजसो कृषि, घरेलु तथा साना व्यवसायसँग सम्बन्धित छन् भने केही मात्रै आइटी र नवप्रवर्तनका क्षेत्रहरूसँग सम्बन्धित छ । यो कार्यक्रम चालु आवमा पनि कार्यान्वयनमा गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार