घट्यो घोराही सिमेन्टको घाटा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ ।

कम्पनीले चाुल आवको तेस्रो त्रैमाससम्म ५५ करोड ४३ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनी ६४ करोड २५ लाख घाटामा रहेको थियो । समिक्षा अवधिमा कम्पनीको घाटामा १.७२ प्रतिशतले कमी आएको हो ।
कम्पनीको खुद आम्दानी बढेकाले घाटामा केही कमी आएको हो ।
गत आवमा २८ करोड ८९ लाख खुद आम्दानी गरेको कम्पनीले चालु आवमा खुद आम्दानी ७१ करोड ७९ लाख रहेको छ ।

कम्पनीको प्रशासनिक, बिक्री तथा वितरण खर्च १९ करोड ७९ लाख , ह्रासकट्टी खर्च ५० करोड २६ लाख र वित्त खर्च ६८ करोड ८७ लाख रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ४६.२३ प्रतिशतले घटेर १ अर्ब ४८ करोड मा सीमित भएको छ । कम्पनीको शेयर प्रिमियममा २ अर्ब ६५ करोड रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ १४ पैसा ऋणात्मक, प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ८० पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ५०८ रुपैयाँ २० पैसा र तरलता अनुपात ०.७९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार