कुलमानको बर्खास्तीपछि अघोषित लोडसेडिङले व्यापाक असन्तुष्ट छ : सांसद किराती

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले अघोषित लोडसेडिङ हुन थालेको गुनासो जनस्तरबाटै आउन थालेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि बिजुली जान थालेको व्यापक जनगुनासो आएको बताए ।

‘भर्खरै पूर्वी नेपालको विभिन्न भागमा म पुगेर आएको थिएँ । अधिकांश स्थानमा बत्ती गएको देखियो । कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो’, उनले भने, ‘के यो अघोषित लोडसेडिङ हो , या कमजोर व्यवस्थापनको परिणाम हो ?’

उनले घिसिङ हुँदा नाफामा गएको कम्पनी हितेन्द्रदेव शाक्य आएपछि कसरी घाटामा गयो भनेर पनि प्रश्न गरेका छन् । ‘कुलमान हुँदा नाफामा गएको प्राधिकरण नयाँ एमडीद्वारा प्रस्तुत श्वेतपत्रअनुसार एकाएक संकटग्रस्त देखियो, यसबाट हामीले के बुझ्ने ?’, उनीको प्रश्न छ ,‘प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्व तयारी हो ?’

उनले लोडसेडिङका सुास्या समाधान गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार