काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफा करिब चार सय प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९९.३३ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको हाे ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ११५.२१ प्रतिशतले बिक्री आम्दानी बढाएकाे छ । चैतसम्म कम्पनीले ६ अर्ब ८१ करोड १४ लाख रुपैयाँ नाफा कमाएकाे छ । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १११.९७ प्रतिशत बढेको छ भने अन्य आम्दानी ३०५.०६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको खर्च ३०.०९ प्रतिशत बढेको छ ।
चुक्ता पुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ रहेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ७० पैसा बढेर १६ रुपैयाँ १६ पैसा पुगेको छ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.८५ गुणा रहेको छ।