काठमाडौं । जोशी हाईड्रोपावर पाैने २ करोड घाटामा पुगेकाे छ । सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी १ करोड ७८ लाख घाटामा पुगेकाे छ ।
गत आवकाे यसै अवधिमा भने कम्पनीले ७५ लाख २८ हजार घाटामा थियो । समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी भने केही बढेको छ । अघिल्लो त्रैमाससमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च २९ लाख २१ हजारबाट बढेर ४५ लाख २४ हजार पुगेको छ । यस्तै कम्पनीको वित्तीय खर्च पनि ८२ लाख २६ हजारबाट बढेर १ करोड २० लाख पुगेको छ ।
चैत मसान्तसम्म कम्पनीको रिटेन्ड अर्निङ १९ करोड १० लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रति शेयर आम्दानी ४.८० रुपैयाँ ऋणात्मक रहँदा प्रति शेयर नेटवर्थ ४८.५७ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तिको मूल्य १२५.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७९.४१ गुणा छ ।

