RE
Global College

तेह्रथुम पावर कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले  तेह्रथुम पावर कम्पनी (TPC) को शेयरमूल्य समायोजन गरेको छ  । कम्पनीको  हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३४७ रुपैयाँ ६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, कम्पनीको अन्तिम शेयरमूल्य ५९४ रुपैयाँ ११ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधारमा बजारमा कम्पनीको शेयर कारोबार सुरु हुनेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

 

NECO

Leave Your Comment

Related News