CLI

दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छ: महावीर पुन

काठमाडौं । सामाजिक अभियन्ता महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट हटाउन माग गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

ऊर्जामन्त्री खड्कालाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले हटाउने संकेत नदेखिएको उनको दाबी छ।

उनले लेखेका छन्, ‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्नेलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरूले हटाउने छाँटकाँट देखिएन। बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो।’

Leave Your Comment

Related News