निरन्तर बढ्यो सिमेन्ट निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष ०८१/८२ को १० महिनामा साढे २ अर्ब रुपैयाँको सिमेन्ट निर्यात भएको छ । बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्यबराबरको सिमेन्ट निर्यात भएको हो ।

विभागका अनुसार ०८२ वैशाख मसान्तसम्म २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको ७ लाख ७२ हजार १०४ मेट्रिक टन सिमेन्ट तथा सिमेन्ट क्लिंकर भारतमा निर्यात भएको छ ।

चैतसम्म भने २ अर्ब १९ करोड ३५ लाख रुपैयाँ बराबरको १२ लाख ३६ हजार ४३६ मेट्रिक टन सिमेन्ट निर्यात भएको थियो । यसमध्ये १ अर्ब ५५ करोड १४ लाख रुपैयाँको ७ लाख ५५ हजार ६४३ मेट्रिक टन सिमेन्ट र ६४ करोड २० लाख रुपैयाँ बराबरको क्लिङ्कर निर्यात भएको हो ।

त्यस्तै फागुनसम्म १ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । यसमध्ये १ अर्ब ३३ करोड ३३ लाख रुपैयाँको ७ लाख २४ हजार ५३० मेट्रिक टन सिमेनट र ६१ करोड ६३ लाख रुपैयाँ बराबरको ४ लाख ७६ हजार ४५२ मेट्रिक टन सिमेन्ट निर्यात भएको थियो । यसअनुसार चैतमा मात्रै २४ करोड ३८ लाख रुपैयाँ बराबरको ३५ हजार ४५५ मेट्रिक टन सिमेन्ट निर्यात भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार