सुर्ति जन्य पदार्थ र मदिरामा कर थप हुने

काठमाडौं । आर्थिक बर्ष २०८२\०८३ को बजेट मार्फत सुर्ति जन्य पदार्थ र मदिरामा कर थप हुने भएको छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई ब्यबस्थित गर्न भन्दै यस्तो गर्न लागेको हो । सरकारले गठन गरेको उच्च स्तरिय आर्थिक सुधार सुझाब आयोगले दिएको प्रतिबेदनलाई कार्यान्यन गर्न सरकारले गठन गरेको सचिब स्तरिय समितिको प्रतिबेदनलाई मन्त्रिपरिषद्को बैठकबाट २०८२ जेठ ५ गते पास भएको निर्णयमा उक्त बिषय समाबेश भएको छ ।

समितिको प्रतिबेदनमा उल्लेख भए अनुसार स्वास्थ्य बीमाको हाल सिर्जित दायित्व भुक्तानी गर्ने र स्वास्थ्य बीमाको बढ्दो भार संवोधन गर्न स्वास्थ्यमा हानी गर्ने सुर्ति , चुरोट र मदिरामा कर लगायर बीमा कोषमा जम्मा गर्ने छ ।

यो बिषयलाई कार्यान्वयन गर्न अर्थ मन्त्रलय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायलाई जिम्मेवार निकाय तोकिएकोछ भने यसको अनुगमन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अनुगमन गर्ने उल्लेख छ । यसको लागि कार्यन्यन अबधि १ बर्षको तोकिएको छ र यसलाई निरन्तरता दिने बिषय पनि उल्लेख गरिएको छ । यसबाट राज्यले तिर्नु पर्ने सिर्झित दायित्व पुरा हुनुका साथै स्वास्थ्त बीमा गर्दा नागरिकबाट जम्मा भएको प्रिमियम बापतको रकम उर्च प्रतिफल दिने क्षेत्रमा लगानि गर्ने सरकारले तयारी गरेको छ । साथै स्वास्थ्य बीमा प्रिमियम रकमको पुनराबलोकन गर्दै स्वास्थ्यबीमासँग सम्बन्धित विभिन्न स्कीमलाई एकीकृत गर्ने भनिएको छ । यस कार्यले स्वास्थ्य बीमासँग जोडिएका सामुदायिक, सरकारी, नीजी अस्पतालले बीमा बोर्डबाट प्रापत गर्ने रकम भुक्तानी भै स्वास्थ बीमा प्रति नागरिकको बुझाइ र ब्याबहारमा परिबर्तन भइ बीमा प्रति सकारात्मक सन्देस प्रवाह हुनेछ  ।

हाल सरकारके स्वास्थ्य बीमाको लागि ८ अर्ब रकम छुट्याउदै आएकोमा यसबाट बैकल्पिक स्रोतको बिकास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार