काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँको घातक रोग वापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ चैत्रमा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ वर्षको बीमा अवधी रहने गरी २० लाख रुपैयाँको जीबनबीमा बीमालेख खरीद गरेका भरतपुर–३, चितवन निवासी महेश बानीयांलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो । बीमीतले ३ किस्ता मात्र बीमाशुल्क भक्तानी गरेको अवस्थामा २०८० वैशाख २ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजो सम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात थप उपचारका लागि उनलाई मेडिसिटी अस्पताल, काठमाडौं लगीएको र डाक्टरको सल्लाह बमोजिम नै २०८१ पुस १५ गतेका दिन उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।
नेपालमा अत्यन्तै महंगो उपचार पद्धती मध्यको एक मानिने कलेजो प्रत्यारोपणका लागि करिब ४० लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ । निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अगाडी बढाइएको े थियो । निजले आफ्नो सफल उपचार पश्चात सम्पूर्ण कागजात कम्पनीमा पेश गरेको छोटो समयमा नै कम्पनीले उनलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।
कम्पनीद्वारा २०८२ जेठ ७ गते बुधबार हाकिमचोक शाखामा आयोजित कार्यक्रमका बिच कार्यक्रमको अध्यक्षता गरेका शाखा प्रमुख राजकुमार दाहालले उक्त दाबी रकम २० लाखको चेक बीमितलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै बीमीत महेश बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफुलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुुक्तानी तथा प्रकृया सम्बन्धी सम्पुर्ण हल्लाहरु निराधार साबित भएको समेत बताए । आफुलाई जीबन बीमा गराउनका लागी सहि समयमा नै प्रस्ताव गर्ने बीमा अभिकर्ता सरस्वती गौतमलाई विशेष धन्यवाद दिंदै भोलीका दिनमा आफु जस्तै समस्यामा पर्नसक्ने सबैलाई बीमाको दायरामा ल्याउनका निमित्त लागी पर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै बक्ताहरुले बीमाको महत्व, बचत, बोनस, नेपालमा बीमादरको अवस्था तथा भविष्यमा हुनसक्ने जोखिमको क्षती न्युनिकरण गर्न आज स्वस्थ अवस्थामा नै बीमा गर्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा हाकिमचोक शाखाका वरिष्ठ एजेन्सी म्यानेजरहरु मनोज चौलागांई, बिष्णुकूमारी कुंवर, समिता दराई, तारा कुमाल, एमडीआरटी जानकी शाह श्रेष्ठ लगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।

