मेन्छियाम हाइड्रोपावर नोक्सानीमा

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी १८ करोड ३२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६२ लाख ६५ हजार रुपैयाँ नाफामा थियो ।

सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत २९ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । बीमाबाट भएको आम्दानी १६ करोड ९ लाख रुपैयाँबाट घटेर १० करोड १८ लाख रुपैयाँमा झरेसँगै कम्पनीले नोक्सानी ब्यहोर्नु परेको हो ।

चुक्ता पुँजी ५४ करोड २५ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष ४६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १४ रुपैयाँ ३२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार