RE
Global College

रासायनिक मल कारखाना स्थापनाको लागि कार्यदल गठन

काठमाडौं । रासायनिक मल कारखाना स्थापना गर्न उपयुक्त विकल्प पेस गर्नका लागि कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको ६३औँ बैठकले कार्यदल गठन गरेको हो ।

‘नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा पेस भएको अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन जानकारीमा लिँदै उक्त प्रतिवेदनको समीक्षा तथा पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेको छ’, बोर्डद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस्तै, बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनाको विस्तृत अध्ययन, विकास तथा सञ्चालन–व्यवस्थापन सम्बन्धमा प्राप्त प्रस्तावलाई ‘स्वीस च्यालेन्ज’ अवधारणाअनुरूप प्रतिस्पर्धात्मक प्रक्रियामा लैजाने निर्णय गरेको छ । साथै, विभिन्न मुलुकसँग हालसम्म गरिएका दोहोरो करमुक्ति सम्झौता तथा लगानी प्रवर्द्धन सम्झौताका सम्बन्धमा अध्ययन गरी थप मुलुकसँग उक्त सम्झौता गर्नेबारे बोर्डसमक्ष प्रतिवेदन पेस गर्न कार्यदल गठन गरिएको हो ।

NECO

Leave Your Comment

Related News