काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् स्टार्टअप उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको छ । यसका लागि ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरिएको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेटबारे जानकारी गराउने क्रममा स्टार्ट उद्यमलाई उक्त बजेट विनियोजन गरेको बताएका हुन् ।

