काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रका उद्योगलाई तीन वर्ष भाडा छुट दिने भएको छ । विशेष आर्थिक क्षेत्रको भाडादर मासिक प्रतिवर्गमटिर २० बाट घटाई ५ रुपैयाँ कायम गरिएको छ ।
औद्योगिक क्षेत्रका उद्योगले ३० प्रतिशत भन्दा बढी निर्यात गरेमा विशेष आर्थिक क्षेत्रको सरह सुविधा दिइने । औद्योगिक पूर्वाधारका लागि १ अर्ब ५ करोड बजेट दिइने भएको छ ।

