CLI

हिमालयन लाइफले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश पारित लगायतका निर्णयका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असार १० गते अठारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा गर्ने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले यही जेठ २८ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। उक्त निर्णयसँगै जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज , नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।

Leave Your Comment

Related News