मुलुकमा डिलक्स सहितको पाँचतारे होटलको संख्या २१४ पुग्यो

काठमाडौं । मुलुकमा पर्यटन क्षेत्रको विकास भइरहँदा पछिल्लो सयम होटल, लज तथा रिसोर्टको संख्या समेत बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालयका अनुसार मुलुकमा पछिल्लो समय डिलक्स सहितको पाँचतारे होटलेको संख्या ह्वात्तै बढेको छ ।

मन्त्रालयका अनुसार हाल मुलुकमा डिलकक्स सहितको पाँचतारे होटल २१४ वटा छ । गत वर्षको तुलनामा भने डिलक्स सहितको पाँचतारे होटलको संख्या शतप्रतिशतले बढेको हो । डिलक्ससहितका पाँचतारे होटलको सङ्ख्या २०६० फागुनसम्म १८२ वटा रहेकोमा २०८१ फागुनसम्म २१४ वटा पुगेको हो ।

त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या समते बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तारेस्तर बाहेकको डिलक्स÷लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या २०६० फागुनसम्म १ हजार २३४ वटा रहेकोमा २०८१ को सोही अवधिमा १ हजार ३६४ वटा पुगेको छ ।
होटल, लज तथा रिसोर्टको संख्या बढ्दा यसको क्षमतामा समेत वृद्धि भएको छ ।

रिसोर्ट तथा डिलक्ससहितका तारे होटलमा रहेका शैयाको संख्या चालु आर्थिक वर्षको फागुनसम्म ३ हजार २७० वटा थप भई २०८१ फागुनसम्म २० हजार ३४३ वटा पुगेको छ । यस्ता होटलबाहेक पर्यटकस्तरीय डिलक्स /लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शैयाको संख्या चालु आर्थिक वर्षको फागुनसम्म ५ हजार २ वटाबाट थप भई २०८१ फागुनसम्म ४२ हजार २९९ वटा पुगेको छ । यो सँगै ठूलो संख्यामा पर्यटक नेपाल आएको खण्डमा उनीहरुलाई खाना, बस्न लगायतका सुविधाहरु होटल, लज तथा रिसोर्टले दिन सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यसका साथै मनोरञ्जनको उपकरण मानिने क्यासिनको संख्या समेत बढेको छ । २०८१ फागुनसम्म क्यासिनो ९ वटा र आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेल खेलाउने क्यासिनो २० गरी २९ सञ्चालनमा रहेका छन् । २०८१ असारसम्म यस्तो संख्या २६ वटा रहेको थियो ।

मन्त्रालयका अनुसार पर्यटकलाई सहजीकरण गर्ने एजेन्सीको संख्या समेत बढेको छ । २०८१ फागुनसम्म ट्राभल एजेन्सी ४ हजार ९६३ वटा, ट्रेकिङ एजेन्सी ३ हजार २५२ वटा र ¥याफ्टिङ एजेन्सी ९७ वटा दर्ता भएका छन् । त्यसैगरी, यस अवधिसम्म पर्यटक यातायात सेवा १५५ वटा, टुर गाईड ५ हजार २६९ जना, ट्रेकिङ्ग गाईड २७ हजार १२८ जना र रिभर गाईड ४२५जना दर्ता भएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट हालसम्म २८ हजार २३३ जना दक्ष जनशक्ति उत्पादन भएका छन्। यसरी नेपालको पर्यटन क्षेत्रमा आवश्यक पर्ने भौतिक संरचना, जनशक्ति लगायतका संख्या वृद्धि हुदै गएको पाइन्छ भने सरकारले यस क्षेत्रलाई व्यवस्थित गरी पर्यटन आवमगनमा वृद्धि गर्नुपर्ने पर्यटन व्यवासायीहरु बताउँछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार