काठमाडौं । पिपुल्स पावरले कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्ने भएको छ । कम्पनीले आफना शेयरधनहिरुलाई प्रति कित्ता १०० रुपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफना शेयरधनहिरुलाई १ः०ः५ अर्थात् विद्यमान १ कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयरका दरले प्रति कित्ता १०० रुपैयाँका दरले उक्त परिमाणमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद शेयरका लागि असार २ गते एक दिन दाखिल खारेज बन्द गरिनेछ र शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरिने भएको हो । बुकक्कलोजसँग असार १ गते सम्म कायम रहेका शेयरधनीहरु मात्र हकप्रद शेयरमा लगानी गर्न योग्य हुनेछन् । कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले बुकक्लोजको मिति तय गरेको थियो ।


