RE
Global College

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।

कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको थियो। कम्पनीको यही प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो।

राष्ट्र बैंकबाट स्वीकृत भएसँगै कम्पनीले अब छिट्टै सञ्चालक समितिको बैठक बोलाएर ३१औं वार्षिक साधारणसभा आह्वान गर्ने तयारी गरेको छ । र सो सभाले लाभांश पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने तयारी गरेको कम्पनीले जानकारी दिएको छ।

NECO

Leave Your Comment

Related News