CLI

एभरेष्ट कलरलाई आईएसओ ९००१ः२०१५ प्रमाणपत्र

काठमाडौं ।  एभरेष्ट कलरले आईएसओ ९००१ः२०१५ प्रमाणिकरण प्रमाण पत्र प्राप्त गरेको छ । नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सुचीमा दर्ता, नेपाल गुणस्तर चिन्ह प्राप्ति उन्मुख रहेको कम्पनीले निकट भविष्य निष्काशन हुने साधारण शेयर ७ लाख ९० हजार कित्ता शेयरको लागि कम्पनीको तर्फबाट प्रबन्ध संचालक सरोज लुइटेल तथा प्रत्याभुतिकर्ताको तर्फबाट लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, विजय लाल श्रेष्ठ बीच जेठ २८ गते प्रत्याभुति सम्झौता गरेको छ ।

अन्य कलर उद्योग भन्दा पृथक ढँगले, सँगठीत स्वदेशी युवाहरुको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर संचालन भइरहेको कम्पनीलाई केयर रेटींङ्गस नेपालले डबल बी माईनस रेटींङ्ग प्राप्त गरेको छ ।

Leave Your Comment

Related News