काठमाडौं । पूर्वअर्थमन्त्री तथा संसद प्रकाशशरण महतले टेक एन्ड पेको बजेटको विषय सच्याउनुपर्ने बताएका छन्। उनले जलविद्युत् क्षेत्रको विकासकालागि टेक एन्ड पेको व्यवस्था सच्याएरै अघि बढ्नुपर्ने बताएका हुन्।
प्रतिनिधिसभामा छलफल गर्दै महतले बजेटमा धेरै दबाबका बीच व्यावहारिक बजेट ल्याएको बताएका छन्।
उनले ३ करोडका आयोजना राख्नु उपयुक्त भए पनि कतिपय टुक्रे आयोजना समेटिएकाले त्यसलाई कडाइ गर्नुपर्ने उनी बताउँछन्।
बजेटको आकार ठीकै भए पनि स्रोत कसरी सुनिश्चित गर्ने भन्ने चुनौती रहेको महतको भनाई छ ।
‘चालू खर्च र सावाँ ब्याज तिर्ने दायित्व बढ्दै गइरहेको छ’, उनले भने, ‘पुँजीगत खर्च केही बढे पनि खर्च गर्ने क्षमता बढाउनुपर्छ।’
त्यस्तै उनले बैंक तथा वित्तीय संस्थामा सञ्चालित कोष सरकारीमा सार्न हतार गर्न नहुने बताएका छन्।’बैंक तथा वित्तीय संस्थाहरूमा अवकाश कोष खडा गरिएको छ। ती कोषहरू अनिवार्य रूपमा सामाजिक सुरक्षा, नागरिक लगानी कोष या अरूमा अनिवार्य रूपमा जाडिनुपर्छ भनेर प्रस्ताव गरिएको छ। यसलाई अहिलेले नै यसैपालि अनिवार्य नबनाऔँ,’ उनले भने।