CLI

सिँचाइको लागि प्रतियुनिट ३ रुपैँयामा बिधुत दिने हितेन्द्रदेव शाक्यको घोषणा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सिँचाइको लागि प्रतियुनिट ३ रुपैयामा बिधुत दिने भएको छ । नेपाल बिधुत प्राधिकरणका  कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रतियुनिट आठ रुपैयाँ पर्ने बिजुली सिंचाईका लागि तीन रुपैयाँमा दिने बताएका हुन्  । उनले  मधेश प्रदेश भ्रमणका क्रममा जनकपुरमा किसानलाई सिचाइका लागि प्रति युनिट ३ रुपैँयामा बिधुत उपलब्ध गराउने बताएका हुन् ।

‘आठ रुपैयाँ पर्ने बिजुली सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा दिदैछाै,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्र मधेसका विभिन्न जिल्लामा तत्कालै ५ सय बोरिङ खन्ने घोषणा गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न शाक्य जनकपुर पुगेका थिए ।

चितवनको विद्युत आपूर्तिको अवस्था बुझेर जनकपुरधाम पुगेका शाक्यले मधेशका विभिन्न जिल्लाका प्राधिकरण कार्यालयका प्रमुखसँग छलफल गरेका छन् । सुख्खाग्रस्त मधेसमा बोरिङ गाँड्ने घोषणापछि विद्युतको आपूर्ति कसरी गर्न सकिन्छ भनेर आफैं फिल्डमा खटिएका छन् ।

मधेस प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका प्राधिकरणको जिल्ला नेतृत्वसँग बोरिङ खन्ने ठाँउमा विद्युत आपूर्तिका लागि प्राधिकरणले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल गरिएको निर्देशक शाक्यले बताए। सिंचाईका लागि विद्युत आपूर्ति गर्न प्राधिकरण तयार रहेको भएपनि कहाँकहाँ जाडिने भन्नेकुरा सम्बन्धित निकायबाट आउन नसकेको बताए। सिंचाई गर्न अब डेढ महिना बाँकी रहेको र अहिले नै कति आउँछ, कहाँ कहाँ आउँछ र कति क्षमताको पम्पहरु छ भन्नेकुराको जानकारी दिन आग्रह गरे । किसानको समस्या राष्ट्रिय समस्या भएकाले समाधानका लागि नै आफू लागिपरेको बताए ।

सिंचाईका लागि कहाँकहाँ र कसरी बोरिङ जडान गर्ने विषयमा आफैँ फिल्डमा खटेर किसानसँग बुझ्नका लागि निर्देशन दिएको शाक्यले बताए । उनले अबको एक महिनाभित्रै बोरिङ जडानको काम सकाउने गरी लागि परेको बताए ।

 

Leave Your Comment

Related News