काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी १ अर्ब ११ करोडबाट बढेर १ अर्ब १२ करोड ४९ लाख पुगेको छ ।
वित्तीय आम्दानी १६ करोड ८ लाखबाट घटेर १३ करोड ४० लाख कायम भएको छ । ८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ६८ करोड रुपैयाँ जम्मा रहेको छ । हाइड्रोपावरको प्रतिसेयर आम्दानी ७.७४ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १३०.५९ रुपैयाँ छ ।

