शिवम् सिमेन्ट्सको नाफा २०५ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०५.८५ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ९६ लाख नाफा कमाएको थियो ।

शिवम् सिमेन्टले असारसम्म ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष उक्त आम्दानी ७ अर्ब ७० करोड रुपैयाँ थियो । यता, अन्य आम्दानी १३ करोड ९४ लाख रुपैयाँ छ । कम्पनीको बिक्री लागत भने घटेको छ । लागत घट्दा नाफामा सुधार आएको हो । यता, वित्तीय खर्च ४ करोड ९६ लाखबाट घटेर १ करोड १ लाख कायम भएको छ ।

५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ८५ करोड छ भने सेयर प्रिमियममा ९५ करोड ६२ लाख जम्मा छ । प्रतिसेयर आम्दानी १४.५५ रुपैया छ । प्रतिसेयर नेटवर्थ १८८.५७ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार