CLI

अपि पावरले दिव्य ज्योति कम्पनी खरिद गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्रा.लि को सम्पूर्ण स्वामित्व लिने भएको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल दिव्य ज्योति हाइड्रोपावरमा रहेको सम्पूर्ण सेयर खरिद गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।

दिव्य ज्योति हाइड्रोपावरले ५० मेगावाट क्षमताको मस्याङ्गदी बेसी जलविद्युत आयोजना निर्माणको तयारी गरिरहेको छ। पूर्ण स्वामित्व प्राप्त भएपछि, अपि पावरले उक्त आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष नियन्त्रण प्राप्त गर्नेछ ।

Leave Your Comment

Related News