यती एयरलाइन्सले नयाँ विमान थपेसँगै गर्यो आम्दानीमा सुधार, ९ महिनामा कमायो ४ अर्ब ११ करोड

काठमाडौं । यती एयरलाइन्स लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष (सन् २०२४) मा ४ अर्ब २५ करोड ८० लाख, सन् २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख, सन् २०२२ मा ३ अर्ब ९२ करोड र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङले जनाएको छ ।

एजेन्सीले यती एयरलाइन्सलाई ‘आइआरएन बीबीबी माइनस’ र ‘आइआरएन ए३’ रेटिङ प्रदान गरेको छ । कम्पनीले सन् २००२ देखि सञ्चालन गर्दै आएको र हाल देशको दोस्रो ठूलो घरेलु एयरलाइनका रुपमा २१ प्रतिशत बजार हिस्सा ओगटेको छ । २०२३ मा भएको विमान दुर्घटनापछि यात्रु संख्या र उडान घटेपनि सन् २०२४-२५ मा उल्लेखनीय सुधार देखिएको ।

साथै, कम्पनीले थप २ नयाँ एटीआर ७२ विमान थपेको छ । जसले गर्दा आम्दानी बढ्नुमा सहयोज पुर्याएको छ । एसियन लाइफ इन्सुरेन्सको संस्थागत लगानी र यती ग्रुपको प्रवर्द्धनले वित्तीय लचिलोपन प्रदान गरेको बताइएको छ । एएमओ प्रमाणपत्र भएको कारण आफ्नै विमान मर्मत खर्च घटाउनुका साथै अन्य एयरलाइन्सका लागि सेवा दिँदै अतिरिक्त आम्दानी गर्न सक्ने क्षमता कम्पनीसँग छ ।

तर, कम्पनी अझै उच्च ऋण संरचनामा रहेको र केही प्रमुख मार्गमा निर्भरता, इन्धन मूल्य उतारचढाव, विदेशी मुद्रा जोखिम तथा घरेलु हवाई बजारमा कडा प्रतिस्पर्धा जस्ता चुनौती रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार