तामाकोशी तथा सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले तामाकोशी तथा सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । कम्पनीले शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म दोलखा जिल्लाको विगु गाउँपालिका–१ मा अवस्थित ४५६ मेगावाट क्षमताको जलविद्युत् केन्द्रको जलाशय सफा (रेजर्भोयर फ्लसिङ) गर्ने कार्यक्रम रहेको जनाएको छ ।

त्यसैले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीको दोभानसम्म पानीको सतह बढ्ने-घट्ने चक्र रहने भएकाले सतर्क रहन आग्रह गरिएको हो ।

सो अवधिमा तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटी-बालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्य नगर्न-नगराउन तथा नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपरे अत्यन्त सावधानीका साथ मात्र गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार