काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हकप्रद प्रस्ताव सहित साधारण सभा बोलाएको छ । सभा असोज ९ गते कुण्डलिनी दरबार, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नछ । त्यस्तै, सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् । सभामा कम्पनी गाभ्ने-गाभिने सम्बन्धमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २३ गते बुक क्लोज गर्दैछ । तसर्थ, भदौ २२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

