RE
Global College

रिभर फल्स पावर लिमिटेडको हकप्रदमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको मिति २०८२ साउन २२ सम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ १ (१ : १) शेयरको अनुपातका प्रति शेयर १ सयका दरले  ७० लाख  कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री २०८२ भदौ २३ देखि २०८२असोज १२ गते बैंकिङ्ग समयसम्म बिक्रि खुल्ला गरेको छ ।

रिभर फल्स पावर लिमिटेडको हकप्रद शेयर खरिदका लागि योग्यता पुगेका योग्य लगाणीकर्ताले प्रभु क्यापिटल लि., कमलादी, काठमाडौं,प्रभु बैंक लि., बेशिसहर, लमजुङ,प्रभु बैंक लि., पोखरा शाखा,प्रभु बैंक लि., वीरगंज शाखा,प्रभु बैंक लि., इलाम शाखा ६. प्रभु बैंक लि., बुटवल शाखा,प्रभु बैंक लि., सुर्खेत शाखा,प्रभु बैंक लि., धनगढी शाखाबाट दरखास्त फारम लिई दरखास्तसाथ रकम बुझाउन सक्नेछन्

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा (ASBA) सेवामा सहभागीतथा वित्तीय संस्थाहरुबाट सि-आस्वा (C-ASBA) प्रणाली मार्फत समेत आवेदन दिन सक्नेछन् साथै  तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आस्वा (C-ASBA) प्रणाली मार्फत | आवेदन दिन सकिने कम्पनीले उल्लेख गरेको छ  ।

तिकिएको स?थान  अलावा अन्य माध्यम मार्फत दरखास्त दिन चाहने साविक शेयरधनीहरुले हकप्रद शेयरको बिक्री बन्द हुनु भन्दा अघिको मितिमा प्रभु क्यापिटल लिमिटेडको नाममा खिचिएको एकाउण्टपेयी ड्राफ्ट साथ हकप्रद शेयर खरिदका लागि दरखास्त फारम सिधै हुलाक वा कुरियरद्वारा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पठाउन सकिने व्यावस्ता रहेको छ ।

 

NECO

Leave Your Comment

Related News