काठमाडौं । हिमालयन हाइड्रोपावरले हकप्रद सेयर निष्काशनको प्रस्ताव पेश गर्न साधारण सभा बोलाएको छ । सभा असोज २४ गते, वाटरफ्रन्ट रिसोर्ट लेक साईट, पोखरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पेश हुनेछ । कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

