यी ४ कम्पनीले आइपीओ जारी गर्ने, कुन-कुन हुन् ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट एन्ड लिमिटेड, नेशनल फन्ड म्यानेजमेन्ट लिमिटेड, दूधपोखरी चेपे हाइड्रोपावर र मकरी गाड हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्ताव सहित साधारण सभा बोलाएका छन् ।

जसमध्ये नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्टले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लक्ष्मी कम्पेक्स, छैठौं तल्ला, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नछ ।

त्यस्तै, नेशनल फन्ड म्यानेजमेन्ट लिमिटेडले असोज ३० गते साधारण सभा बोलाएको हो । सभा होटल अलफ्ट, ठमेलमा बेलुकी ५ बजे सुरु हुनेछ । सभामा कम्पनीले ४.२१ प्रतिशत लाभांश प्रस्ताव पेश गर्नछ ।

यता, मकरी गाड हाइड्रोपावरले भने असोज २३ गते विशेष साधारण सभा डाकेको छ । सबा कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नछ ।

दूधपोखरी चेपे हाइड्रोपावरले असोज ३० गते साधारण सभा बोलाएको छ । सभा होटल क्राउन इम्पेरियल, रविभवनमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन सम्बन्धी प्रस्ताव पेश गर्नछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार