ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आय वृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्द्धन र संवर्द्धन अपरिहार्य भएको बताएकी छन् ।

उनले ४६औँ विश्व पर्यटन दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालका अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहु जातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण देश पर्यटकहरूको लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे ।

प्रधानमन्त्री कार्कीले सन्देशमा भनिन्, ‘पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ। सुशासनको आकांक्षासहित भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा समस्या देखिए पनि तत्काल ‘रिकभरी’ सुरु भइसकेको छ।’

उनले पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने कार्यलाई तीव्र बनाउँदै, स्थानीय समुदायसँग समन्वय गरेर ओझेलमा रहेका गन्तव्यहरूलाई परिचित गराउने र लगानी वृद्धि गर्ने योजना अघि बढाउने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार