काठमाडौं । ऊर्जा, भौतिक एवं सहरी विकास मन्त्री कुलमान घिसिङले सिँचाइ क्षेत्रमा मात्रै करिब १० करोडबराबरको क्षति पुगेको बताएका छन् । योबाहेक बाढी र पहिरोको कारण निजी क्षेत्रले सञ्चालन गरेको दुईवटा जलविद्युत् आयोजनामा क्षति पुगेको उनले बताए ।
मन्त्री घिसिङले ८ मेगावाटको एउटा र १० मेगावाटभन्दा कमको एउटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताए । उनले जलविद्युतमा भएको क्षतिबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

