तेह्रथुम पावरको नाफा ५ करोड ६२ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म  ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत बिक्री आम्दानी सामान्य घटेको छ । यता, वित्तीय खर्च पनि घटेको छ । जसले गर्दा नाफामा सुधार आएको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेर ८ करोड २३ लाख रुपैयाँ कायम भएको छ । ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यसको प्रतिसेयर आम्दानी २८.१२ रुपैयाँ छ भने नेटवर्थ ९९.६१ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार