RE
Global College

उद्योगीले  बढाए सिमेन्टको मूल्य, कुन सिमेन्टको कति पुग्यो मूल्य ?  

काठमाडौं । सिमेन्ट उत्पादकहरूले सिमेन्टको मूल्य बढाएका छन्। निर्माण क्षेत्रको सिजन सुरू भएसँगै उद्योगीले सिमेन्टको मूल्य बढाएका हुन्।

समायोजन भन्दै उद्योगीहरूले धमाधम सिमेन्टको मूल्य बढाउन थालेको निर्माण व्यवसायी संघ, काठमाडौंले जनाएको छ ।

आजदेखि लागू हुने गरी एक दर्जनभन्दा बढी सिमेन्ट उद्योगले मूल्य बढाएका हुन्। एक व्यवसायीले फ्याक्ट्री मूल्यमा ओपीसी र पीपीसी सिमेन्ट प्रति बोरा २० रुपैयाँ मूल्य बढेको जानकारी दिए।

शिवम् सिमेन्ट, मकवानपुर सिमेन्ट, यूनाइटेड सिमेन्ट, होङ्सी सिमेन्ट र सीजीले आजबाट मूल्य बढाएका छन्। अन्य सिमेन्टहरू रिद्धि सिद्धि सिमेन्ट, ह्वासिन सिमेन्ट, तानसेन सिमेन्ट, सर्वोत्तम सिमेन्ट, जगदम्बा सिमेन्ट, गोयन्का सिमेन्ट, अम्बे सिमेन्ट प्रति बोरा २० रुपैयाँ बढाउने तयारीमा छन्।

बाँकी सिमेन्ट उद्योगले पनि केही दिनभित्रमा मूल्य बढाउने तयारी गरेको ती व्यवसायीले बताए।

 

NECO

Leave Your Comment

Related News