RE
Global College

माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर सूचीकृत भएको छ। सोमबार नेप्सेमा कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर भोली अर्थात कात्तिक १८ गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भइपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई एमएबीईएल स्टक टिकर दिएको छ।

NECO

Leave Your Comment

Related News