RE
Global College

विद्युतिय चार्जिङ स्टेशनको नीति परिवर्तन हुने

काठमाडौं । सरकारले विद्युतिय चार्जिङ स्टेशनको नीति परिवर्तन गर्ने भएको छ । उर्जामन्त्री कुलमान घिसिङले विद्युतिय चार्जिङ स्टेशनको नीति परिवर्तनको लागि मन्त्रालय पुगेको बताए । ‘विद्युतिय चार्जिङ स्टेशनको केही नीति परिवर्तन गर्नुपर्नेछ मन्त्रालयमा पुगिसकेको छ ,’ उनले भने,‘ नीति परिवर्तनको लागि बोर्ड बैठक बसी सकेको छ , आगामी बोर्ड बैठकबाट पारित गर्ने तयारी गरेका छौं ।’

उनले हाल ट्रान्जिसन चार्जिङ स्टेशन , खाना पकाउने लगायतका कामलाई विद्युतियकरण गर्ने र त्यसलाई विशेष ध्यान दिएर अघि बढ्नु पर्ने दायित्व रहेको बताएका छन् ।
उनले हावामार्फत् बिजुली निकाल्ने प्रत्रिया पनि अघि बढाउने तथा प्रोत्साहन गर्ने बताए । ‘
हावामार्फत् बिजुली प्रयोग नेपालमा भइरहेको छैन , यदि निजी क्षेत्रले चाहान देखाएमा सहयोग गर्न तयार छौं त्यसको लागि गरिने पावर पर्चेज एग्रिमेन्ट (पीपीए) मा त्यसमा हामीले कसरी सहयोग गर्ने हो त्यसको लागि प्रभावकारी रुपमा लाग्न हामी तयार छौं ’, उनल भने ।

NECO

Leave Your Comment

Related News