३ महिनामा करिब पौने ७ करोड लाभांश वितरण

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालमा गरेको औद्योगिक तथा व्यावसायिक लगानीबाट करिब पौने ७ अर्ब रुपैयाँ लाभांश लगेका छन् ।उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ६ करोड ७० लाख ८२ हजार रुपैयाँ लाभांश वितरण गरिएको छ । गत आर्थिक वर्षमा १० अर्ब १८ करोड ७६ लाख रुपैयाँ लाभांश वितरण गरिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब ३५ करोड ८५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा मात्र १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ लाभांश वितरण गरिएको विभागले जनाएको छ । विभागले मासिकरूपमा लाखौं रकम लाभांश वितरण गर्दै आएको हुँदा लाभांश रकम मासिकरूपमा बढ्दै गएको देखिन्छ ।

सेवा, पर्यटन र सञ्चार प्रविधमा लगानी गरेबापत् ठूलो लाभांश लैजाने गरेको विभागका अधिकारीहरु बताउँछन् । यसका अलावामा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि र उत्पादनमूलक उद्योग तथा व्यवासाय सञ्चालन गरी मुनाफा लैजाने गरेको उनीहरुको भनाई छ । नेपाल उद्योग तथा व्यवसाय क्षेत्रमा लगानी गरेबापत विदेशीहरुले निरन्तर लाभांश लैजाने गरेको हुन् ।

विदेशी लगानीकर्ताहरुले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखांकन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत०लाई लिई उक्त रकम मूल्यांकन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

विभागका अनुसार पछिल्लो समय वितरण गरिएको लाभांश एक दर्जन बढी मुलुकका लगानीकर्ताहरुले लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । पछिल्लो सयममा मात्र नभई सो भन्दा अघि पनि निरन्तर लाभांश लगेको विभागका तथ्यांकमा देखिन्छ ।

यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार पछिल्लो समय लाभांश रकम लैजानको लागि आवेदन प्रक्रिया पूरा गर्नेको संख्या बढ्दै गएसँगै लाभांश रकम बढ्दै गएको हो । लगानी गरेपछि प्रतिफल लैजान प्रक्रियागत र कानुनीगत समस्या नभएसँगै रकम लैजाने क्रमले निरन्तरता पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार