RE
Global College

घोराही सिमेन्टको लाभांश घोषणा, साधारण सभा मिति पनि तय

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चाल समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले उक्त पस्ताव पेश गर्न पुस १४ गते, सोमबार, दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हाल कायम रहेको चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट कायम हुने सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

NECO

Leave Your Comment

Related News