रसुवागढी जलविद्युत आंशिक रुपमा सञ्चालन

काठमाडौं । रसुवागढी जलविद्युत आयोजना आंशिक रुपमा सञ्चालन भएको छ । मंसिर २० दिउँसो ३ :४९ बजेबाट ३ वटा युनिट मध्ये एउटा युनिटबाट विद्युत उत्पादन शुरु भएको छ ।

२०८२ असार २४  गते भोटेकोशीमा आएको ठूलो हिम बाढीका कारण आयोजना जलविद्युत केन्द्रका संरचना तथा मेसिन उपकरणहरुमा ठूलो क्षति पुगेर विद्युत उत्पादन बन्द भएको थियो ।

क्षति भएका सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको मर्मत संभार तथा पुनःस्थापनाका कार्यहरु समेत सँग सँगै अघि बढाइएकाले नदीको बहावमा हुने परिवर्तनका आधारमा क्रमशः अन्य युनिटहरुबाट पनि विद्युत उत्पादन गर्दै जाने कम्पनीको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार