कामना सेवा विकास बैंक र Caffeophilia बीच सम्झौता  

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, ज्ञानेश्वर स्थित Caffeophilia सँग सेवा शुल्क छुट  सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले फुड तथा बेभरेजमा १० प्रतिशत छुट  प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो  सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका  फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठेले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार