CLI

मिड सोलु हाइड्रोपावरको साधारण सभा पुस २१ गते, लाभांश प्रस्ताव पेश हुँदै

काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले पुस २१ गते साधारण सभा बोलाएको छ । सभा मानसरोबर पार्टी प्यालेस, बाबुराम आचार्य सडक, पुरानो बानेश्वर, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

साथै, २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरणसहितका अनुसूचीहरू छलफल गरी पारित गर्ने, साथै आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन र लाभांश हात पार्न सक्नेछन् ।

Leave Your Comment

Related News