CLI

एनएमबि बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति

काठमाडौं । एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयर २०८१/८२- ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्रदान गरिएको जनाएको छ ।

यसको लाभांश दर ८.२५ प्रतिशत छ भने ३ करोड कित्ता निष्काशन गरिनेछ । त्यस्तै, प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ  भने परिपत्र विधिबाट बिक्री हुनेछ । यसका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार