CLI

मायाखोला हाइड्रोपावर कम्पनीको ‘लक इन’ अवधि माघ २५ गते सकिने

काठमाडौं ।  मायाखोला हाइड्रोपावर कम्पनीको स्थानीय बासिन्दा, संस्थापक संस्थाका कर्मचारी तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि आगामी माघ २५ गते सकिने भएको छ । कम्पनीको कुल ७६ लाख ४८ हजार कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो।

हाल कम्पनीका संस्थापकहरुको ६६ लाख कित्ता, स्थानीयको १० लाख कित्ता र कर्मचारीहरुको ४८ हजार कित्ता सेयर लकइनमा राखिएको छ। यी सेयरहरु लक इन खुलेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँट भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार