CLI

नेप्सेमा ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा विन्ध्यबासिनी हाइड्रोपावर , नेशनल लघुवित्त र एनएलजी इन्स्योरेन्सको बोनस सयेरमा मूल्य समायोजन भएको छ ।

विन्ध्यबासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा ४५५.१४ रुपैयाँमा कायाम भएको छ ।  सोमबार को अन्तिम कारोबार मूल्य ४७७.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरएको हो ।

त्यसतै नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समयोजन हुँदा भाउ ११४२.२३ रुपैयाँमा कायाम भएको छ। सोमबारको अन्तिम कारोबार मूल्य १३०५  रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरएको हो ।

एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हूँदा ६७१.१५ रुपैयाँमा कायाम भएको छ । सोमबारको  अन्तिम कारोबार मूल्य ६९८ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरएको हो । ।कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर मंगलबार  कारोबार खुला हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार