CLI

सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल

काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित भएका छन् । संघको २५औँ वार्षिक साधारणसभाबाट मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ, महासचिवमा नेत्रबहादुर खत्री, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला चुनिएका छन् ।

सदस्यहरु राजेन्द्रबहादुर खड्का, दीपकराज पौडेल, निस्था गौतम, कृष्णराज चुदाली, विश्व शाह, योगेन्द्रबहादुर श्रेष्ठ, कुमार बस्नेत, तिलकलाल श्रेष्ठ र सुबोध रिमाल निर्वाचित भएका छन् ।

यो संगठन २०५७ सालमा स्थापना भएको थियो । संघमा १३८ कम्पनी आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार