CLI

एफपीओ निष्कासनको अनुमति कुर्दै २ लघुवित्त

काठमाडौं । सूचीकृत २ वटा लघुवित्त संस्थाहरुले एफपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार मातृभूमि र नेसनल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्न लागेका हुन् ।

मातृभूमिले १०० रुपैयाँ अंकित दरमा ११ लाख ४९ हजार ९८२ कित्ता र नेसनल लघुवित्तले २७०.४९ रुपैयाँ प्रिमियममा ६ लाख ६९ हजार ९०० कित्ता सेयर जारी गर्न अनुमति मागेको हो ।  मातृभूमिले २०८१ चैत २१ गते र नेसनलले २०८१ भदौ ७ गते अनुमति माग्दै बोर्डमा आवेदन दिएका थिए ।

बोर्डबाट अनुमति प्राप्त भएपछि यी दुवै लघुवित्तले सर्वसाधारणका लागि एफपीओ निष्कासन गर्नेछन् । लघुवित्तहरु मर्जरमा गएपछि सार्वजनिक सेयरधनीबीचको सेयर अनुपात असन्तुलित हुने गरेको छ ।

नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थामा न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणको स्वामित्वमा हुनुपर्ने प्रावधान छ । मर्जरपछि सार्वजनिक सेयरको अनुपात तोकिएको सीमाभन्दा कम हुन पुगेपछि त्यसलाई मिलाउन एफपीओ जारी गर्ने अभ्यास बढ्दो क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार