CLI

सरकारले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले माघ ४ गते ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । कार्यालयले २८ दिनेका लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी जारी गर्दैछ । कार्यालयका अनुसार उक्त ट्रेजरी बिल फागुन ५ गते परिपक्क हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले माघ ४ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् ।

Leave Your Comment

Related News