काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २७.२४ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा यस कम्पनीले १८ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सञ्चालन आम्दानी ४ अर्ब ८४ करोड ३५ लाख रुपैयाँबाट घटेर ४ अर्ब ७९ करोड २ लाख रुपैयाँ कायम भएको छ । साथै, अन्य आम्दानी पनि घटेको छ । यता, प्रशासनिक खर्च भने १३ करोड ५५ लाखबाट बढेर १९ करोड ९८ लाख कायम भएको छ । वित्तीय खर्च भने २४ करोड ३६ लाखबाट घटेर १६ करोड ४६ लाख रुपैयाँ झरेको छ ।
१ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ७ अर्ब ४२ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १६.०८ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ४९०.५४ रुपैयाँ रहेको छ ।


