काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७८ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७१.१५ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा यस कम्पनीले २ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सञ्चालन आम्दानी ३३ करोड ८६ लाख रुपैयाँबाट घटेर ३१ करोड १७ लाख रुपैयाँ कायम भएको छ । कर्मचारी खर्च, प्रशासनिक खर्चलगायतका खर्चहरुको रकम बढेको छ । आम्दानी घट्दा र खर्च बढ्दा नाफामा दबाब परेको हो । १ अर्ब ३० करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १२ करोड ६१ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १.६५ रुपैयाँ छ ।


