काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २२ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनी १८ करोड १४ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्रीबाट हुने आम्दानी ३९ करोड ७३ लाख रुपैयाँबाट घटेर ६३ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । यता, वित्तीय खर्च भने ३० करोड ६८ लाख रुपैयाँबाट २२ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।
विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा कम्पनीले नाफा आर्जन गरेको हो । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ७० करोडले ऋणात्मक छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १२.४८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ८०.८५ रुपैयाँ छ ।


